Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित

काठमाडौँ । पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहबाट ७ हजार ८ सय ७२ जना विद्यार्थी दीक्षित भएका छन् ।

पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका छन ।

पोखरा विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरका विद्यार्थी हिज दीक्षित भएका हुन् । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा झन्डै ४० हजार जना विद्यार्थी अध्ययनरत रहेका विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गमस्थल नेपालमा दीक्षित विद्यार्थीले सधैँ इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन ।