काठमाडौँ । आज काठमाडौँ उपत्यका सहितका केही ठाउँमा मौसम बदली भएको छ । आज गण्डकी प्रदेशको एकरदुई ठाउँमा सामान्य पानी परेको छ । स्याङ्जाको स्याङ्जा स्टेशनमा पछिल्लो १२ घण्टामा ७ मिलिमिटर वर्षा भएको छ । यस्तै म्याग्दीको मुना स्टेशनमा १२ घण्टामा ३ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।
गण्डकी प्रदेशका प्रायः सबै जिल्लाका केही ठाउँमा छिटपुटदेखि सामान्य वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबीच काठमाण्डौ उपत्यकासहित बागमती, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भएको छ । यी प्रदेशका केही ठाउँमा आज राति फाटफुट पानी पर्ने सम्भावना रहेको मौसमविद् हरिप्रसाद दाहालले बताएका छन ।