Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक तीन दिनदेखि हिरासतमा,कुन मुद्धा चलाउँने प्रहरी अलमलमा

बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक तीन दिनदेखि हिरासतमा,कुन मुद्धा चलाउँने प्रहरी अलमलमा

काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक तीन दिनदेखि हिरासतमा छन् । गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बलुन बिस्फोट भएको थियो । फागुन ३ गते उद्घाटन समारोहमा बेलुन विस्फोट भएर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।

घटना लगतै प्रहरीले बेलुनमा ग्यास भर्ने भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको थियो। उनलाई अहिले पनि हिरासतमा राखिएको छ। तर कुन मुद्दा चलाउने भन्ने प्रहरी नै अलमलमा देखिएको छ ।

‘त्यसरी ग्यास भर्न पाइने हो कि होइन ? नपाइने हो भने पनि सरकारी निकायले नै भर्न लगाएर तयार गरेको हो। अब कुन मुद्दा चलाउने हामीलाई अप्ठेरो छ। अहिले म्याद थप गरेर हिरासतमा राखेका छौँ, उ पनि १०÷१२ वर्षदेखि पोखरामै बसेको रहेछ’, जिल्ला प्रहरी काकर्यालय कास्कीका एक अधिकारीले बताएका छन । गत फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउन खोज्दा आगोको झिल्कोले भेटेर सबै बेलुन एकसाथ बिस्फोट भएका थिए ।

विस्फोटमा परी घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई तत्काल हेलिकोप्टरमा काठमाडौँ ल्याइएको थियो। कीर्तिपुर वर्न अस्पतालमा उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन्। मेयर आचार्य भने अझै अस्पतालमै छन्। हाइड्रोजन बलुनमा भरेर भ्रमण वर्षको उद्घाटन गर्न मञ्चमा पु¥याएको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले जानकारी दिए। उनका अनुसार उक्त घटनामा संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरीले बयान लिइसकेको छ।

पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादनदेखि बलुनमा भर्ने लगायतका प्रक्रिया र यस विषयमा कानुनी व्यवस्था हेरेर कारबाही सिफारिस गर्ने प्रहरीको तयारी छ।

उक्त घटनाका विषयमा गृहमन्त्री रमेश लेखकले कास्कीका सिडिओ भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति बनाएको छ।

छानबिन समितिलाई उक्त घटनाको विस्तृत अनुसन्धान गर्न र आगामी दिनमा हाइड्रोजन ग्यास नियमनका उपायसमेत पेस गर्न निर्देशन दिइएको छ। छानबिन समितिले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नेछ । हाइड्रोजन ग्यास खतरनाक भएकाले जथाभाबी प्रयोग गर्न नहुने विज्ञको भनाई रहेको छ ।

बालबालिकाले खेलाउने बेलुनमा सबभन्दा प्रज्वलनशील ग्यास भर्दा खतरा बढ्ने वैज्ञानिकको भनाई रहेको छ ।