Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी एकरदुई ठाउँमा आज हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी एकरदुई ठाउँमा आज हल्का वर्षाको सम्भावना

काठमाडौँ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी एकरदुई ठाउँमा आज हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना छ । अहिले विशेषगरी पश्चिमी क्षेत्र लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा पूर्व कोशीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।

काठमाण्डौ उपत्यका र तराई क्षेत्रमा आज बिहान हुस्सु लागेको छ । काठमाण्डौमा दिउँसोसम्म नै बादल लाग्ने सम्भावना छ ।

तीन दिनको मौसम पूर्वानुमान अनुसार पर्सि बिहीवार मौसममा बदलीसँगै कतै कतै छिटपुट वर्षाको सम्भावना देखिएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । तर ठूलो पानी पर्ने सम्भावना देखिएको छैन ।