Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोकर्णेश्वर नगरपालिकाका मेयर रिसालले जनताको शन्ति सुरक्षाका लागि भन्दै प्रशासन र प्रहरी वृत्त बौद्धलाई पठाए पत्र यस्तो पत्र

गोकर्णेश्वर नगरपालिकाका मेयर रिसालले जनताको शन्ति सुरक्षाका लागि भन्दै प्रशासन र प्रहरी वृत्त बौद्धलाई पठाए पत्र यस्तो पत्र

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले नगरबासीको शान्ति, सुरक्षा र अमनचयन सुनिश्चित गर्न फेरि अर्को मन छुने निर्णय गरेका छन्। उनले रात्रीकालिन होटल, रेष्टुरेण्ट तथा मनोरञ्जनात्मक व्यवसाय राति १० बजेपछि सञ्चालन गर्न नपाउने व्यवस्था कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी वृत्त बौद्धलाई औपचारिक पत्र पठाएका छन्।

नगर प्रमुख रिसालले राति अबेरसम्म सञ्चालन हुने यस्ता व्यवसायले नगरको शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याएको भन्दै नियम उल्लङ्घन गर्नेलाई कडा कारबाहीको चेतावनी दिएका छन्।

“नगरबासीको शान्ति र सुरक्षामा सम्झौता गर्न मिल्दैन। राति १० बजेपछि होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्दा असामाजिक गतिविधि, होहल्ला, झैझगडा र यौन दुर्व्यवहारजस्ता समस्या देखिएका छन्। हामीले यसलाई नियन्त्रण गर्न निर्णय गरेका छौँ,” मेयर रिसालले भने।

यसअघि पनि नगरपालिकाले व्यवसायीलाई तोकिएको समयमा मात्र व्यवसाय सञ्चालन गर्न पटक–पटक निर्देशन दिएको थियो। तर, केही व्यवसायीले अटेर गर्दै राति अवेरसम्म व्यवसाय सञ्चालन गरेको पाइएको छ। यस कारण मेयर रिसालको नेतृत्वमा अब कडा अनुगमन हुने र नियम उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने बताइएको छ।

रात्रीकालिन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ अनुसार राति १० बजेपछि यस्ता व्यवसाय सञ्चालन गर्न पाइँदैन। नगर प्रमुख रिसालले यस मापदण्ड कार्यान्वयनमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।