काठमाडौँ । हालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको मन्त्री पद धरापमा परेको छ । उनले झण्डै एक वर्षअघि २०८० फागुन २१ संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका बेला मन्त्री पद गुमाएका थिए । यो पल्ट पनि त्यस्तै आपत आइलाग्ने देखिएको छ ।
यतिबेला उनी युएई भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष महन्थ ठाकुरले सत्ताबाट बाहिरिने अभिव्यक्ति दिएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्धका गतिविधि स्वीकार्य नहुने भन्दै भण्डारीलाई हटाउन सक्ने चेतावनी दिएका छन् । त्यसकारण यो पल्ट पनि विदेश भ्रमणमा रहे कै बेला भण्डारीको मन्त्री पद धरापमा परेको हो ।