Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सँगै पढ्ने साथीसँग वनभोज जाने पैसा नभएपछि अर्को साथीले स्कुलमा पैसा उठाएको भिडियो बन्यो भाइरल

सँगै पढ्ने साथीसँग वनभोज जाने पैसा नभएपछि अर्को साथीले स्कुलमा पैसा उठाएको भिडियो बन्यो भाइरल

काठमाडौँ । कक्षा ३ मा पढ्ने विद्यार्थीहरुले आफ्नो साथिलाई बनभोज लैजान पैसा उठाएको भिडियो यति बेला सामाजीक सञ्जालमा भाईरल बनेको छ । पैसाको अभावमा बनभोज जान नपाएका आफ्ना बेस्ट फ्रन्डलाई साथीहर सबै मिले पैसा उठाए पछि कक्षामै बिद्यार्थी भाबुक बनेका छन् ।

अहिले साामजीक सञ्जालमा भाईरल बनेको भिडियो चितवन भरतपुरमा रहेको स्मल हेभन स्कुलको कक्षा ३ को सेक्सन बि को हो । कक्षा ३ मा अध्ययनरत विद्यार्थीका लागि नजिकै रहेको पदमपुरमा वनभोज कार्यक्रम आयोजना गरिएको थियो । सोही वनभोजमा जान साथीहरुले पैसा उठाएर प्रिन्सलाई दिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । प्रिन्सकुमार सहनी जसलाई आफूसँगै वनभोजमा लैजान साथीहरुले कक्षा कोठामा पैसा उठाएका थिए । शिक्षीकाले साङ्गे डोल्पो तामाङले पैसा उठाई रहेका बिद्यार्थी मध्य प्रणबलाई के गरेको भने सोध्दा उनले प्रिन्सका लागी पैसा उठाएको बताउँछन् । यो कुरा उक्त भिडियोमा प्रस्ट रुपमा देखिएको छ ।

शिक्षीका आफैले पैसा दिने भन्दा पनि विद्यार्थीहरु मान्दैनन् किनकी उनीहरु आफ्नो साथीलाई आफ्नै पैसाले लैजान चाहन्छन् । यो भिडियो बाट थाहा पाउन सकिन्छकी बिद्यार्थीहरुमा नैतिक शिक्षा भरपुर छ । नत्र आफ्नो साथीको लागी भन्दै पैसा किन उठाउथे । उनीहरुले प्रिन्सका लागी ८०० रुपैयाँ उठाएका थिए । आफ्नो साथीका लागी उनीहरुले गरेको यो कार्य साँच्चै प्रशंसा योग्य छ । कक्षा ३ मा पढ्ने साना बालबालीकामा यति राम्रो चेतना स्तर बिकास भएको देख्दा साामजीक सञ्जालमा धेरैले प्रशंसा गरिरहेका छन् । भनिन्छ विद्यालय बिद्याको मन्दिर हो । जहाँ बालबालीकालाई कोरा किताबी ज्ञान मात्रै होईन नैतिक आचरण पनि सिकाउने गरिन्छ । काचो माटो जस्ता बालबालीकालाई शिक्षकहरुले जुन बाटोमा डोहोर्यायो उनिहरु त्यहि बाटोमा जान्छन् । अहिलेका विद्यार्थी भोलि कतिसम्म ज्ञानवान् र शक्तिशाली हुन सक्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ ।

त्यति साना विद्यार्थीमा देखीएको साथी प्रतिको प्रेमले यतिबेला सामाजीक सञ्जालमा राम्रो प्रतिकृया पाईरहेको छ । आफ्नो मिल्ने साथीका लागी साना बच्चा जस्ले आफ्नो खाजा खर्च छुट्टाएर संगै बनभोज पनि लगेका छन् । शिक्षीका तामाङले प्राउ आफ्नो ईन्ट्राग्राममा विद्यार्थीका धेरै भिडियो पोष्ट गरेकी छिन् । अन्य भिडियाृको तुलनामा यो उत्कृष्ट भिडियो हो । जस्ले नैतिक शिक्षको पाठ राम्रो संग पठाएको छ । विद्यार्थीहरुमा सानै देखी दया, अहिंसा र करुणाको भाबनालाई उजागर गर्नु पर्छ । शिक्षा त्यस्तो बस्तु हो जस्ले मानिसको जिवन परिर्वतन गर्न महत्वपुर्ण भुमिका निभाउँछ । शिक्षकका लागी विद्यार्थी अति विशिष्ट र महत्त्वपूर्ण हुन्छन् । त्यसैले शैक्षिक क्षेत्रलाई अझै सुधारात्मक रुपमा अगाडी बढाउन जरुरुी छ ।

https://www.facebook.com/share/v/1DpL9xSKpX/