Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आमाको मुख हेर्ने दिन छोरीको मुख अन्तिम पटक हेरेकी ७० वर्षीया धनमाया १० महिना देखी छोरीको शब कुर्दै

आमाको मुख हेर्ने दिन छोरीको मुख अन्तिम पटक हेरेकी ७० वर्षीया धनमाया १० महिना देखी छोरीको शब कुर्दै

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्की विगत १० महिनादेखि मलेसियामा मृत्यु भएकी आफ्नी छोरीको शब कुरेर बसेकी छिन् । बुढौलिले छोपी सकेकी धनमायालाई सन्तानको लास कुरेर बस्दा कति सम्म अटाहस भएको होला कल्पना पनि गर्न सकिदैन । उनको आँखा विगत १० महिनादेखि भिजिरहेका छन् । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको जिवन आँशुकाृ पोखरीमा डुबेको छ ।

गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै उनका लागी अन्तिम फोन बन्यो । जब अर्को फोन आयो त्यो फोनले धनमायाको जिवनमा तुफान ल्यायो । श्रीमान्सँग सम्बन्धविच्छेदपछि ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालसम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिगको बेहाल भएको छ । शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ भएको छैन ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी ९बर्दघाट सुस्तापूर्व० बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । जति धेरै नेपाली विदेश जान थालेका छन् । यति नै अलपत्र पर्ने, ठगीने क्रम बढ्दो छ । खाडी मुलुकहरुमा धेरै नेपाली अलपत्र परेका छन् । विशेषगरी भिजिट भिसामा गएका र भागेर अर्को कम्पनीमा काम गर्ने नेपालीहरु यसरी अलपत्र पर्ने क्रम बढ्दै गएको छ । बुडा बनेका बा र आमा सन्तानको अभावमा मरिरहन्छन् ।

कतिपय सन्तान त बाकसमा फर्किन्छन् । देशको अवस्था भयावह बन्दै छ । गाउँघर सुन्य छन् । गाउँघरमा युवाको अभावले लास समेत उठ्न छाडेको अवस्थामा हामी पुगिसक्यौँ । कहिले फेरिन्छ, नागरिकको अवस्था अनि कहिले फेरिन्छ देशको ब्यवस्था । विश्वविद्यालहरु खाली बन्दै गएका छन् । कठाकोठामा माकुराको जालो लाग्न थालेको छ । क्याम्पसमा कम कन्सलट्यान्सीमा ज्यादा विद्याथी भेटिन्छन् । परिवारको जिम्मेवारी बोकेर आफ्नो सपनालाई तिजाञ्जली दिदै लाखौँको भिड त्रिभुवन विमानस्थलमा छ । सरकारले वैदेशिक रोजगारीका लागि नयाँ–नयाँ गन्तव्य खोजी गरिरहेको बताए पनि नेपालको वैदेशिक रोजगारी खाडीमै निर्भर देखिन्छ।