काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएका छन् । मानव तस्करी मार्फत वा गैरकानुनी रूटबाट अमेरिका पुगेकाहरू अहिले अमेरिकाको सर्वाधिक खोजीको सूचीमा छन् । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ ।
डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी ९ माघ ७ गते देखि फेब्रुअरी ११ ९माघ २९ गते०को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ । अमेरिकाभित्रका आप्रवासी भयले आक्रान्त भइरहेका बेला यता अवैध बाटो अमेरिका जानेहरूको लर्को रोकिएको छैन। दाङ, पूर्वी तथा पश्चिम रूकुम, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट गावैं रित्तिने गरी मानिसहरू अमेरिका गइरहेका छन्। एकाघरमा चार जनासम्म अमेरिका छिर्ने पंक्तिमा छन्, त्यो पनि ५० देखि ९० लाख रूपैयाँ खर्चिएर। यहाँबाट कहिले डिपोर्ट हुने होरु कहिले रित्तै हात निकाला हुनुपर्ने होरु देश फिर्ता पठाइएपछि कसरी ऋण तिर्ने होरु’यहि पिर सुत्न समेत सकेका छैनन ।
ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।२० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ । अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका भिडियो, फोटोहरु सामाजीक सञ्जालमा बेग्रेल्ती भेटिन्छन् । तर अवैध रूटबाट अमेरिका प्रवेश गर्नेहरू अथवा कुनै कसुरमा संलग्न रहेको आरोप लागेका नेपाली पहिलो पटक फिर्ता भएका होइन ।
अवैधबाट बाटो बाट विदेश पुग्ने अथवा गैरकानुनी काममा संलग्न भएर डिपार्ट गरिएका नेपालीहरूको सूची निकै लामो छ । सन २०२१ यता विश्वका विभिन्न ७३ देशबाट नेपाली फर्काइएका छन् । पाँच वर्षमा अमेरिकाबाट मात्रै १५३ जनालाई पक्राउ गरेर नेपाल ल्याएर छाडिएको छ । सन् २०२१ भन्दाअघिसम्म अमेरिका प्रवेश गरेका नेपाली फिर्ता गरेको तथ्यांक अत्यन्तै न्यून थियो । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुका अनुसार पछिल्लो केही दिनयता अमेरिकाबाट फर्किने नेपालीहरुको संख्या बढेको छ । अमेरिका जान मानव तस्करले आफ्नै रूट बनाएका छन् । केही दिनअघि अमेरिकाले डिपोर्ट गरेको मध्ये सबैभन्दा बढी ग्वाटेमाला, होन्डुरस, मेक्सिको लगायतका देशका नागरिकहरू छन् । नेपालीहरूलाई मानव तस्करले कैयौं दिन हिँडाएर अमेरिका लैजाने रूट नै त्यही हो । अमेरिकाबाट मात्रै होइन सन् २०२१ मा ४८ देशबाट नेपाली फिर्ता गरिएको छ ।