Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजको मौसम यस्तो रहने

आजको मौसम यस्तो रहने

काठमाडौँ । अहिले देशमा पश्चिमी न्यूनचापी प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

यस्तै देशका मध्य र पूर्वी तराईका केही भू–भागमा हुस्सु रकुहिरो लागेको छ।

आगामी २४ घन्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।