Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरी नानु तिम्रा पीडकका विरुद्ध सरकारले मुद्दा नचल्ने बनाएछ भन्दै बालेन शाहले लेखे यस्तो

सरी नानु तिम्रा पीडकका विरुद्ध सरकारले मुद्दा नचल्ने बनाएछ भन्दै बालेन शाहले लेखे यस्तो

काठमाडौँ । नाबालिगलाई घरेलु कामदार बनाएको आरोप लागेकी एमाले सांसद रेखाकुमारी शर्माविरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरे पछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पिडित बालिका संग माफी मागेका छन् । उनले नआतिन आग्रह गरेका छन् भने पढेर कुकर्म गर्नेहरूलाई तह लगाउन पनि आग्रह गरेका छन् । उनले सामाजीक सञ्जालमा लेखेका छन् ।

सरी नानु,

तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ । उनले भनेका छन् ।

सत्ताको आडमा शर्मा माथी मुद्धा नचलाईने भएको छ । उनी माथीको अनुशन्धान पनि माथीको दबाबकै कारण रोकिएको हो । एउटा बाल शोषण जस्तो गम्भिर मुद्धामा यसरी लापरवाहि भए पछि साामजीक सञ्जालमा चर्को बिरोध भई रहेको छ । सरकारले नै आफ्नोे पार्टीका नेतालाई धमाधम बचाउँदै आएको आरोपलाई थप मलजल गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लुम्बिनी प्रदेशकी सांसद शर्मालाई मुद्दा नचलाउने निर्णय गरेको हो । जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले सांसद शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरेका थिए । त्यस्तै न्यायाधिवक्ता कटुवालले सो निर्णय माघ २० गतेनै उच्च सरकारी वकिलको कार्यालय पाटन पठाएका थिए ।

उच्च सरकारी वकिलको कार्यालय पाटन स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको मुद्दा नचल्ने निर्णयको सदर गर्दै महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको छ । १४ वर्षीया बालिकालाई घरेलु मजदुरका रूपमा ६ वर्षसम्म बन्धक बनाई शारीरिक यातना दिएकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माले सत्ताको ‘निगाह’मा उन्मुक्ति पाएकी हुन् । जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयको निर्देशनपछि जिल्ला सरकारी वकिल कार्यालयले शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय लिएको हो । शर्मा दाङ तुल्सीपुर उपमहानगरपालिका– ५ की स्थानीय हुन् । उनको धुम्बाराहीमा निजी निवास छ ।

सोही निवासमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकालाई ६ वर्षदेखि बन्धक बनाई राखेकी थिइन् । बालिकाको काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत शर्मालाई कारबाही गर्नसमेत भनेका थिए । दबाबपछि उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता भएको थियो । तर, मुद्दा अदालतसम्म पुग्न सकेको थिएन । सरकारी वकिल कार्यालय सोही मुद्दा नचलाउने निर्णयमा पुगेको हो । परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरे पनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाको आरोप थियो ।

बालिकालाई सेफ हाउसमा राखेर सांसद शर्माविरूद्ध गत जेठ ३० गते बालिकामाथि श्रम शोषण तथा दुव्र्यवहार भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो । प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै शर्मा पाटन उच्च अदालत पुगेकी थिइन्। उच्चले माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज गरेको थियो । यहि बिषयलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि बारम्बार ओलीमाथी प्रश्न उठाउँदै आएका छन् । ओली संग साामजीक सञ्जालबाटै बालेको जुहारी पनि पर्ने गरेको छ तर, ओलीले भने आफ्ना्े पार्टीकै सांसद भएका कारण उनलाई बचाउँदै आएका छन् ।