Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागकामा आज हिमपातको सम्भावना

कोशी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागकामा आज हिमपातको सम्भावना

काठमाडौँ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा आज सामान्य हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण केही हिमाली क्षेत्रमा सामान्य हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

यस्तै अहिले तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । तराईको हुस्सु तथा कुहिरो दिउँसोदेखि खुल्ने सम्भावना छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल र तराइमा हुस्सु तथा कुहिरो लागेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।