काठमाडौँ । चितवनको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गतको सेती दोभानमा नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार बसमा रहेका २८ जनामध्ये २३ जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अरू यात्रु सकुशल छन् । टायर पञ्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको भनाई छ ।