काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा जोडिएका रास्वपा सभापति एवम नेपाल सरकारका पुर्व गृहमन्त्री रवि लामिछानेको धरौटी मात्रै दुई करोड ७९ लाख पुगेको छ । रवि लामिछाने बिरुद्ध ५ ओटा सहकारीको रकम अपचलनको आरोप रहेको छ । उनलाई कास्कीको सुर्य दर्शन,काठमाडौँको स्वर्णलक्ष्मी,बुटबलको सुप्रिम,चितवनको साहारा सहकारीमा उनलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।
उनलाई कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख, रुपन्देहीमा एक करोड र चितवनमा ५४ लाख धरौटी मागिएको छ । उनलाई ५ ओटा सहकारीको आरोप लागेको थियो जसमा ४ ओटा सहकारीको मुद्धामा उनी धरौटीमा छुटिसकेका छन । जिल्ला अदालत, चितवनले लामिछानेलाई बिहीबार हिज मात्रै ५४ लाख धरौटीमा छाड्न आदेश दिएको छ । उनी धरौटी बुझाएर हिजै रिहा भइसकेका छन । लामिछानेले उपप्रधान एवम् गृहमन्त्री हुँदा एक लाख १० हजार र भक्तपुरमा एक रोपनी एक आना जग्गा सम्पत्ति देखाएका थिए ।
रास्वपा सभापति लामिछानेलाई जिल्ला अदालत चितवनले ५४ लाख धरौटी मागेको हो । उनी सो रकम बराबरको बैंक ग्यारेन्टी बुझाएर छुटेका छन् । चितवनमा पनि प्रभू बैंकले रविका लागि जमानत दिएको हो ।
यसअघि तीन वटै अदालतमा सोही बैंकले जमानत उपलब्ध गराएको थियो । चितवन रविको निर्वाचन क्षेत्र पनि हो । उनले चितवन २ बाट सर्वाधिक मत ल्याएर दुई पटक चुनाव जितेका थिए । उनी बिरुद्ध अझै पर्साको सानो पाइला सहकारीको प्रक्रिया बाँकी नै रहेको छ । यस्तै हिज धरौटीमा छुटेसँगै रवि लामिछानेले चितवनबाट सुरु भएको परिवर्तन देशब्यापी हुने बताएका छन् । उनले चितवन पवित्र देवभूमी भएकोले यो क्षेत्रले देशको परिवर्तनको ढोका खोलेको बताएका हुन् । उनले चितवनबासीले निर्वाचनबाटै परिवार्तको सुरुवात गरेको बताएका थिए । यस्तै रवि लामिछाने पहिलो तारेखका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित हुने भएका छन् ।
पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि कास्कीमा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा छ ।
उक्त मुद्दामा अदालतले उनलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि लामिछाने जिल्ला अदालत काठमाडौंमा पनि सहकारी ठगीको मुद्दामा ६० लाख धरौटीमा रिहा भएका थिए । उता रुपन्देही र चितवनमा पनि उनी धरौटी बुझाएर रिहा भएका छन् ।
धरौटीमा रिहा भएका लामिछाने आज जिल्ला अदालत कास्कीमा उपस्थित हुन लागेका रास्वपाले जानकारी दिएको छ । उनलाई सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गदै गर्दा राज्यले समेत प्रतिशोध साँधेको आरोप रहेको छ ।