Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख

रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख

काठमाडौँ । रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको छ ।

लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेशमा अदालतले भनेको छ ‘।।प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४ लाख रुपैयाँ धरौटी वा जमानत वा बैंक जमानत लिनु ।’

अदालतले माग गरेको धरौटी बुझाउने बित्तिकै उहाँ हिजो बेलुकी रिहा भएका छन । । यसअघि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख , काठमाण्डौ जिल्ला अदालतले ६० लाख र रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।