काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेविरुद्ध चितवनमा दायर मुद्दाको थुनछेक बहस सकिएको छ । साहारा सहकारी चितवनको रकम ठगी प्रकरणमा चितवन अदालतमा रविसहित १५ जना र ६ संस्थाविरुद्ध चितवनमा मुद्दा दायर गरिएको थियो । न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान तथा थुनछेक बहस भएको हो ।
रवि हिजै बयानका लागि अदालत हाजिर भएका थिए । रविका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेलसहितका वकिलले बहस गरेका थिए । अब अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलानमध्ये एक आदेश दिनेछ ।