Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो

आज कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो

काठमाडौँ । आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहेको छ भने तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ ।

कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेस,बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतया सफा रहनेछ ।