काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालत चितवनमा उपस्थित भएका छन् । उनी सहित १५ जना बिरुद्ध हिज चितवनमा मुद्धा दर्ता भएसँगै उनी रातारात चितवन पुगेका छन । रवि लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ ।
जिल्ला अदालत चितवनको २ नम्बर इजलासमा अब लामिछानेको बयान सुरु हुने अदाललते जनाएको छ । बयानपछि थुनछेक बहस हुनेछ । रवि १० नबज्दै अदालतमा उपस्थित भएका हुन ।
उनी हिजो नै चिवतन पुगेका थिए । रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।