Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित

रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन् । सभापति लामिछाने बुधबार बिहान अदालत उपस्थित भएको बताइएको छ । अदालतमा आजैदेखि उनको बयान सुरू हुनेछ । चितवनमा मुद्धा दर्ता भएसँगै रास्वपा सभापति रवि लामिछाने रातारात चितवन पुगेका थिए । उनी सहित १५ जना बिरुद्ध हिजै चितवन जिल्लामा मुद्धा दर्ता भैसकेको छ । रास्वपाका अनुसार उनी गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेका हुन् ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपमा हिजो चितवनमा मुद्दा दर्ता भएपछि अदालती प्रक्रियामा सहभागी हुन उनी आज अदालत उपस्थित भएका हुन । लामिछानेविरुद्ध ठगी र सङ्गठित अपराधको दुवै अभियोग नलिई मुलुकी अपराध संहित २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीतको कसुरमा सोहीअनुरूप दफा २४९ को उपदफा ३ ग बमोजिम सजाय हुने मागदाबी भएको छ । मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछानेसहित १५ जनाविरूद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । व्यक्तिबाहेक छ वटा संस्थाविरूद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।