Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पश्चिमी न्यून चापीय प्रणालीको आशिंक प्रभाव,तत्काल पानी नपर्ने

पश्चिमी न्यून चापीय प्रणालीको आशिंक प्रभाव,तत्काल पानी नपर्ने

काठमाडौँ । आज पश्चिमी न्यून चापीय प्रणालीको आशिंक प्रभाव परेको छ । आज तीन वटा प्रदेशमा बादल लागेको छ । बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिमका एक÷दुई ठाउँमा हिजो हल्का वर्षा भएको तर अबका तीन दिन आज, भोलि र पर्सि आंशिक रुपमा बादल लाग्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार बादल लागेको क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना छैन ।

महाशाखाका अनुसार तराई÷मधेसका केही ठाउँमा हुस्सु छ । आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ ।

कर्णाली, सुदूरपश्चिम, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज बिहान काठमाण्डौमा न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । काठमाण्डौमा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने अनुमान छ ।