Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने सहित १५ जना विरुद्ध चितवनमा मुद्धा दर्ता

रवि लामिछाने सहित १५ जना विरुद्ध चितवनमा मुद्धा दर्ता

काठमाडौँ । स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा मंगलबार आज जिल्ला सरकारी वकिलको कार्यालय चितवनले पूर्वगृहमन्त्री रविविरुद्ध जिल्ला जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पुरक अभियोग आज दर्ता गरिएको हो । सरकारी वकिलको कार्यालयले जिबी राईलगायत १७ जनाविरूद्ध सहकारी संस्थाको बचत हिनामिना गरेको अभियोगमा गत असोजमै अदालतमा मुद्दा दायर गरिसकेको थियो।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामको रकम अपचलनमा हिज मुद्धा दर्ता गर्ने तयारी भएपनि ५ प्रतिशत काम नसकिएकाले आज उनी बिरुद्ध मुद्धा दर्ता भएको हो । जिल्ला सरकारी न्यायाधीवक्ता शान्ति प्रसाद लुईँटेलका अनुसार प्रहरीले गरेको पुरक अनुसन्धानमा थप अनुसन्धान गर्न निर्देशन दिइएपछि एक जना अभियुक्त थपिएका छन् ।

यसअघि प्रहरीले दिएको अनुसन्धान प्रतिवेदनमा १४ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाइएको थियो । यो मुद्धामा गोर्खा मिडिया प्रालिका तत्कालिन सञ्चालक तथा प्रवन्ध निर्देशक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना विरुद्ध मुद्धा दायर भएको हो । त्यसैगरि गोर्खा मिडिया प्रालि, साहरा सहकारी बहुउद्देश्यीय सहकारी संस्थासहित ६ वटा संस्था विरुद्ध पनि मुद्धा दर्ता गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय चितवनको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।