काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने सहित १४ जना बिरुद्ध भोली चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुँने भएको छ । साहारा चितवन बहुउद्देश्यीय हकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा लामिछाने सहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको बताइएको छ । सहकारीको रकम अपचलनको आरोप उनी माथि रहेको छ । रवि लामिछाने कास्की,काठमाडौँ र रुपन्देहीमा धरौटी बुझाएर रिहा भैसकेका छन । रवि लामिछानेलाई ५ ओटा जिल्लाको सहकारीको रकम अपचलनको आरोप रहेको छ ।
चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्य तथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल प्रहरीको फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो । चितवन जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो । गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।
यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् । प्रहरीले पठाएको पहिलो प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेको थियो । रवि सहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताएका छन । पुरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी प्रहरीको छ । दुवै निवेदनअनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । भने कम्पनीको हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो जनाइएको छ ।