Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आशिका तामाङ लाई पुन म्याद थप,हिरासत बसाई लम्बियो

आशिका तामाङ लाई पुन म्याद थप,हिरासत बसाई लम्बियो

काठमाडौँ । सामाजिक अभियान्ताका नामले परिचित बनेकी आशिका तामाङ लाई पुन म्याद गरिएको छ । तामाङमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको समय पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक उनी बिरुद्ध पाँच दिनको म्याद दिएको थियो ।

यही माघ २ गते स्वयम्भूबाट पक्राउ गरिएकी आशिका माथि यतिबेला अनुसन्धान भैरहेको छ । आशिका पहिलोपटकको म्याद सोमबार (हिजो) सकिएको थियो । प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन कार्यालयमा पेस गरेको थियो । सोमबार प्रशासनले पुनः पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । पछिल्लो समय आशिकाले नेपालमा चर्चा बटुलिरहेकी छिन् ।

नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै आशिका जर्मनीबाट नेपाल आएकी थिइन् । तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएका थिए ।