काठमाडौँ । ‘हेर्ने कथा’बाट चर्चामा आएका भोजपुरका प्रकाश तामाङको घर निर्माण सम्पन्न कार्य सम्पन्न भएको छ । उनको घर निमार्ण सम्पन्न भएसँगै पूर्वमन्त्री एवं सांसद सुदन किरातीले तामाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् । (सोमबार) एक कार्यक्रम आयोजना गर्दै तामाङलाई बनेको नयाँ घर हस्तान्तरण गरेको बताइएको छ ।सांसद सुदन किरातीको पहलमा गत भदौमा घर निर्माण थालिएको थियो ।
भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईले दिएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर समितिले घर निर्माण गरेको हो । भोजपुरको षडानन्द नगरपालिका–१० मा पाँचकोठे घर निर्माण सम्पन्न भएको हो । गेसोका पूर्वअध्यक्ष राईले दिएको करिब १७ लाख मूल्य बराबरको उक्त जमिन ७ रोपनी क्षेत्रमा फैलिएको छ । किरातीले प्रकाशलाई बधाई दिँदै सबैको साथ सहयोग र श्रमदानबाट घर बन्न सकेको बताएका छन । उनले घर निर्माणमा १७ लाखभन्दा बढी खर्च लागेको जानकारी दिएका छन ।
हेर्ने कथाबाट एकाएक चर्चामा आएका उनी ३५ बर्ष पछि आफनो घर फर्किएका थिए । उनको कथा हेरेपछि धेरैको आखा रसाएको थियो । गलैँचा बुन्न काठमाडौँ आउँदा परिवारबाट ३५ वर्षदेखि सम्पर्कहीन भएका भोजपुरका प्रकाश तामाङ कार्यक्रम ‘हेर्ने कथा’ ले उनको बाल्यकालीन स्मरणको आधारमा परिवार खोज्न सहयोग गरेपछि उनी चर्चामा आएका थिए ।