काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने बिरुद्ध रुपन्देहीमा मुद्धा दर्ता भएपनि आज उनी अदालतमा उपस्थित नहुने भएका छन । उनी सहित ४२ जना बिरुद्ध हिजै रुपन्देहीमा मुद्धा दर्ता भैसकेको छ । रवि लामिछाने हिज मुद्धा दर्ता भएसँगै आजै अदालतमा उपस्थित हुने तयारीमा रहेका थिए तर हिज ढिला मुद्धा दर्ता भएसँगै आज तयारी नपुगेकाले उनी उपस्थित नहुने बताइएको छ । आज कानुनविद्सँग सल्लाह गर्ने र छिटै अदालतमा उपस्थित हुने लामिछानेको सचिवालयमा रहेका अविनाश आचार्यले जानकारी दिएका दिएका छन ।
लामिछानेको तर्फबाट कानुन व्यवसायीको संयोजन गर्न अधिवक्ता यज्ञमणि न्यौपानेलाई खटाइएका छन् । लुम्बिनीका रास्वपा नेताहरूका अनुसार सोमबार नै लामिछाने रुपन्देही आउने र मङ्गलवार सुरुमै अदालतमा जाने गरी तयारी छ तर उताबाट आउने कानुन व्यवसायीको सल्लाहमा यसको टुंगो लाग्ने छ । यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफै उपस्थित हुने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । यस्तै कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । पूर्वगृहमन्त्री समेत रहेका रबि लामिछाने सहित ४२ जनाविरुद्ध बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा अदालतमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आइतबार मुद्दा दायर गरेको हो ।
सरकारी वकिल कार्यालयकी सूचना अधिकारी उमाकुमारी केसीले मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको बताइन । उक्त मुद्दामा ४२ जना प्रतिवादी बनाइएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रूपैयाँभन्दा बढी रकम अपचलन भएको अनुसन्धान प्रतिवेदनको निचोड छ । त्योमध्ये १४ करोड रूपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको छ । प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशीसहित लाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन गत शुक्रबार प्रहरीले बुझाएको थियो । रबि लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । अहिले थप १४ जनालाई प्रतिवादी बनाइएको छ ।