Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपाल द्धारा स्वागत

इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपाल द्धारा स्वागत

काठमाडौँ । इजरायल र प्यालेस्टिनी समूह हमासबीच युद्धविराम सम्झौता भएकोमा नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता भएकोमा स्वागत गरेको हो । मन्त्रालयले मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।

मन्त्रालयले नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेख गर्दै अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा दोहामा भएको वार्तामा बिहीवार बिहान युद्धविराम सम्झौतामा सहमति जुटेको हो । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता भोलि आइतवारदेखि लागू हुनेछ ।