Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभरको मौसम मुख्यतया सफा रहने

देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौँ । देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका कुनै पनि ठाउँमा वर्षा र हिमपातको सम्भावना छैन । तर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बदली हुने महाशाखाले जनाएको छ ।

हिजो काठमाण्डौ उपत्यकासहितका पहाडी भेगमा पनि आंशिक बदली भएको थियो । पहाडी भेगमा हिजोको तुलनामा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

तराईका केही ठाउँमा भने हिजोअस्ति जस्तै आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । पूर्वी र मध्यतराईका केही ठाउँमा दिनभर नै हुस्सु र कुहिरो लाग्दा जनजीवन कष्टकर बन्दै आएको छ ।