काठमाडौँ । प्रहरी कार्यालयमै जब ‘आई लभ यू चित्रा’ लेखियो । अहिले देशका विभिन्न डिजिटल बोर्ड ह्याक हुने क्रम निकै बढेको छ । यसैक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजिटल बोर्ड पनि ह्याक भएको छ । र त्यसमा अङ्ग्रेजीमा ‘आई लभ यू चित्रा’ लेखिएको छ ।
केही दिन अघि मात्र कपिलवस्तुमा एक बोर्ड ह्याक गरी स्क्रिनमा ‘आई लभ यू ममता’ लेखिएको भेटियो । कपिलवस्तु नगरपालिका नयाँटोलको मुख्य चोकमा रहेको स्ट्रिट लाइट बोर्ड ह्याक गर्दै फेसबुक भरि मिम बनाईयो । फेरि अहिले उता गोर्खा छिर्ने मूख्य गेटमा पनि यसैगरि बोर्ड ह्याक गरि स्क्रिनमा ‘आई लभ यू अन्गली लेखिएको छ । यस्तो अच्चम तरिकाले प्रपोज गर्ने अहिले ट्रण्ड जसरी बढेको छ । भने ठाउठाउका डिजिटल बोर्ड यसैगरि ह्याक भई दुरुपयोग भएका छन । आज भन्दा केही अघि पनि दशैं–तिहारलाई लक्षित गर्दै बुटवलमा राखिएको डिजिटल बोर्ड पनि ह्याक भएको थियो । बुटवल उपमहानगरपालिका योगीकुटी चोकमा स्थानीय क्लबले राखेको डिजिटल बोर्ड ह्याक भएको थियो । बोर्ड ह्याक गरेर ह्याकरले त्यसमा अङ्ग्रेजी अश्लील शब्द राखिएको थियो ।
‘तिलोत्तमा नगरपालिकाले तपाईंहरूलाई यसरी स्वागत गर्छ’ भन्दै फोटो र भिडिओ सामाजिक सञ्जाल फेसबुक र टिकटकमा आइरहेका थिए । यस्ता घटनासँगै सामाजिक सञ्जालमा बोर्डको फोटो मिमका रूपमा फैलिरहेको छ । पछिल्लो समय सूचना बोर्ड ह्याक गरी अश्लील शब्दहरू लेख्ने घटना समेत भएका छन् । ह्याक गर्ने व्यक्तिलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा लाग्न सक्छ ।
प्रहरीका अनुसार ह्याकरले डिजिटल बोर्डको कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (ऋःक्) मा पहुँच हासिल गरी सन्देश परिवर्तन गरेको अनुमान गरिएको छ। यस घटनाको अनुसन्धानलाई तीव्र बनाउनका लागि प्रहरीले विभिन्न प्रविधिहरूको प्रयोग गरिरहेको छ।एसपी कार्कीका अनुसार ह्याक गर्ने व्यक्तिको पहिचान भएपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारबाही अघि बढाइनेछ। उनले भने, “यो केवल सन्देश परिवर्तनको विषय मात्र नभई साइबर सुरक्षाको गम्भीर समस्या हो। यस्ता घटनाबाट सतर्क रहन आवश्यक छ।”
पछिल्लो समय नेपालमा सार्वजनिक स्थानमा रहेका डिजिटल बोर्डहरू ह्याक गर्ने घटनाहरू अत्यधिक बढेका छन्। केही समयअघि मात्र ललितपुरस्थित महानगरीय ट्राफिक प्रहरीको डिजिटल बोर्ड ह्याक गरिएको थियो।विशेषज्ञहरूले यस्ता घटना रोक्न प्रविधिको उचित प्रयोग र सुरक्षा मापदण्डहरू मजबुत बनाउन आवश्यक रहेको बताउँछन्। साथै, डिजिटल बोर्डहरूको नियमित सुरक्षा जाँच र अपडेट गर्नु जरुरी रहेकोमा पनि उनीहरूले जोड दिएका छन्।
यदि कुनै डिजिटल उपकरणको वेबक्याम वा क्यामरा प्रयोग भइरहेको छैन भने, यसलाई सँधै छोप्नुहोस्। वेबक्याम शिल्ड प्रयोग गर्न सकिन्छ वा तपाईं टेप पनि प्रयोग गर्न सक्नुहुन्छ। यसको साथमा तपाईंको डिजिटल उपकरण नवीनतम सफ्टवेयरको साथ अपडेट हुनुपर्छ र तपाईंले आफ्नो व्यक्तिगत विवरणहरू सोशल मिडिया वा कुनै अन्य सामाजिक प्लेटफर्ममा कुनै पनि अन्जान व्यक्तिसँग साझा नगर्नुहोस्।