Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रविसँगै पोखरामा छुटेका छवि अदालतमा उपस्थित भएनन्

रविसँगै पोखरामा छुटेका छवि अदालतमा उपस्थित भएनन्

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेकको बहस भई रहदा उनका साझेदार छविलाल जोशि बन्जाडे भने अदालत गएका छैनन । बिहिबमर रवि संगैँ धरौटिमा रिहा भएका जोशि भने आन्दले घर बसेका छन् । यता लामिछाने माथि बहस जारी छ । बशस मात्रै होइन लामिछने आईबार देखी प्रहरी हिरासतमै छन् ।

उनलाई काठमाडौँ अदालतले प्रहरीको जिम्मा लगाएको थियो । सोही मुद्दाका अर्का प्रतिवादी तथा प्रहरीका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी भने केही दिन पछि मात्रै अदालतमा हाजिर हुने भएका छन् । उनले अदालतमा भने आफु उपस्थित हुने बताएका छन् । पहिला रुपन्देही जिल्ला अदालतमा हाजिर हुने कि काठमाडौंमा भन्ने कुरामा आवश्यक कानुनी परामर्श गरिरहेको उनले बताए ।

तर,रुपनदेहीमा प्रतिबेदन मात्रै प्रहरीले बुझाएको गरेको छ । हालसम्म मुद्धा भने दर्ता भएको छैन । सम्भबत भोली सम्ममा प्रहरीले मुद्धा गर्ने जनाएको छ । यस अगाडी रवि र छवि दुबैको बयान भने भई सकेको छ । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले सहकारीको बचत रकम अपचलनमा ८८ लाख धरौटीमा छोड्न आदेश दिएका उनी त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेमा नभएका हुन्।

रवि लामिछाने पनि शुक्रबार उपस्थित हुनुपर्नेमा भएका थिएनन्। पोखराबाट काठमाडौं आउने हवाई टिकट नपाएको र स्थल मार्ग भएर आउँदा समय लागेको कारण आइतबार मात्र उनी अदालत उपस्थित भएका थिए। तर, एक हप्ता हुन लाग्दा पनि छवि अदालत आएका छैनन । यता लामिछानेको थुनछेक बहस जारी छ । । थुनछेक बहस आजै सकिने भएकाले उनी पुर्पक्षका लागि थुनामा रहने कि बाहिर बसेर कानूनी लडाइ लडने भन्ने आज आदेश आउनेछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए ।

काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।