Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सामाजिक अभियान्ताका नामले परिचित आशिका तामाङ पक्राउ

सामाजिक अभियान्ताका नामले परिचित आशिका तामाङ पक्राउ

काठमाडौँ । सामाजिक अभियान्ताका नामले परिचित आशिका तामाङ पक्राउ परेकी छन । अभद्र व्यवहारको निवेदनका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले आज  नियन्त्रणमा लिएको बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएकाहे जानकारी दिएका छन । सामाजिक सञ्जालमा आफूलाई पक्राउ गर्न प्रहरी आएको भिडियो उनले राखेकी छन । पछिल्लो समयमा उनले बेथिति बिरुद्ध खुलेरै बोल्ने गरेकी छन । उनले गरेका अधिकांश कामहरु सामाजिक सञ्जालमा राख्ने गरेकी छन ।

उनको काम गर्ने शैलीलाई समेत यतिबेला आम मानिसले रुचाइरहेका छन । जर्मनीबाट नेपाल आएकी तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएकी थिइन् । सोही क्रममा केही दिन अघि अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा पुगेकी उनी र त्यहाँका कर्मचारी बिच नोँक झोँक समेत भएको थियो । उनी केही दिन विवादमा तानिएकी थिइन । पशुपति विकास कोषमा सुरक्षार्थ खटिएका डीएसपीसहितका प्रहरीलाई नाङ्गै भएर हिड्नुस भनेपछि आशिका विवादमा तानिएकी हुन् ।