Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर मौसममा आंशिक बदली,केही प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना

आज देशभर मौसममा आंशिक बदली,केही प्रदेशमा हल्का वर्षासँगै हिमपातको सम्भावना

 

काठमाडौँ । आज देशभर मौसममा आंशिक बदली भएको छ । पश्चिमी वायुको प्रभावले बदली भएको मौसक विभागले जनाएको छ । उपत्यकासहित देशका धेरै ठाउँमा अहिले मौसममा सामान्य बदली रहेको छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज बेलुका हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने प्रणाली ठूलो नभएकाले धेरै प्रभाव नदेखिने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार तराईका केही ठाउँमा अहिले हुस्सु÷कुहिरो लागेको भएपनि दिउँसो हट्दै जानेछ । अन्य भागमा आजको मौसम मुख्यतया सफा रहने अनुमान छ ।