Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एसईई परीक्षाको समय तालिका सार्वजनिक

एसईई परीक्षाको समय तालिका सार्वजनिक

काठमाडौँ । एसईई को नियमित तथा ग्रेडवृद्धिको परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १०को शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । परीक्षाको नतिजा २०८२ सालको पहिलो हप्ताभित्र प्रकाशित गरिसक्ने सार्वजनिक कार्य तालिकामा उल्लेख रहेको छ ।