Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

न्यूयोर्क टाइम्सले सार्वजनिक गर्यो विश्वका घुम्नलायक उत्कृष्ट स्थान,लुम्बिनी पनि पर्यो

न्यूयोर्क टाइम्सले सार्वजनिक गर्यो विश्वका घुम्नलायक उत्कृष्ट स्थान,लुम्बिनी पनि पर्यो

काठमाडौँ । लुम्बिनी विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा परेको छ । विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको उक्त सुचीमा नेपालको लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनी ९ औँ स्थानमा परेको हो ।

‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ– हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् ।

त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् । लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरिएको छ । फोटो पनि सोही टेम्पलको भित्ताको पेन्टिङलाई राखिएको छ ।

‘थाउजेण्ड टेम्पल’तीनतले तिब्बती शैलीको बिहार हो । यो बिहारभित्र १८ इन्च अग्ला हजार बुद्धका प्रतिमाहरु छन् । साथै त्रिकाल बुद्धका १६ फिट अग्ला तीन प्रतिमा पनि देख्न सकिन्छ । न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटस लगायत छन् ।