Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा आज रातिबाट हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा आज रातिबाट हल्का वर्षाको सम्भावना

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा आज रातिबाट हल्का वर्षाको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम, कोशी, गण्डकीका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आजको मौसम साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ ।

आज बिहान विराटनगर, भैरहवालगायत तराईका क्षेत्रमा बाक्लो कुहिरो लागेको छ । तराईरमधेशका अरु ठाउँमा हुस्सु छ । काठमाण्डौ उपत्यकामा बिहान पातलो हुस्सु छ ।