Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको केही बेरमा आदेश आउँदै

रवि लामिछानेको केही बेरमा आदेश आउँदै

काठमाडौँ । (रास्वपा) का सभापति रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा सरकारी वकिलको जवाफी बहस सकिएको छ । रवि लामिछाने सहित अन्य ७ जना प्रतिवादी माथिको जवाफी बहस सकिए सँगै आजै आदेश आउने सम्भावना उच्च रहेको छ । देशकै कान्छा न्यायधिस नितिज राईको इजलासमा बहस भैरहेको छ । जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन् ।

आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना छ । अब प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइने भएको छ । यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।