Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शनिवार फेरि पानी पार्ने प्रणाली भित्रिँदै,आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा

शनिवार फेरि पानी पार्ने प्रणाली भित्रिँदै,आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा

काठमाडौँ । शनिवार फेरि पानी पार्ने प्रणाली भित्रिँदैछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गण्डकीको पहाडी क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।

आज र भोलि पहाडी तथा हिमाली भेगको मौसम सफा रहने र पर्सि बेलुकीदेखि मौसम बदली हुने उनको भनाई छ ।

तराईका धेरै ठाउँमा आज पनि हिजोजस्तै बाक्लो हुस्सु र कुहिरो लागेको छ । पूर्वी तराईमा दिउँसोपख हुस्सु हटे पनि मध्य र पश्चिम तराईमा भने दिनभरजसो नै हुस्सु लाग्ने गरेको छ । यसको प्रभाव भोलि र पर्सि बिहानसम्मै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि पश्चिमी न्यूनचापीय प्रणालीका कारण हुस्सु र कुहिरोको प्रभाव विस्तारै कम हुँदै जाने मौसमविद् झाले जानकारी दिए ।