Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सबै अभियुक्तहरूको बहस सकियो,सरकारी वकिलको जवाफी बहस भने भोलि मात्र हुने

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सबै अभियुक्तहरूको बहस सकियो,सरकारी वकिलको जवाफी बहस भने भोलि मात्र हुने

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको हो। आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ । सरकारी वकिलको जवाफी बहस भने भोलि मात्र हुनेछ।

कास्की जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछाने सहित प्रतिबादीहरुको बसह सकिए पछि अदालत वरपर सुरक्षा ब्यबस्था निकै कडा बनाईएको छ ।   त्यहाँका निषेधित क्षेत्रमा सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ । हिजो अस्ती देअी नै पोखरामा लामिछाने समर्थकको भिड लाग्न थालेको छ ।  पोखराको शहीदचोक, जिल्ला अदालत आसपास राष्ट्र बैंक चोकदेखि कोमागाने पार्क, रत्नचोक, जिल्ला मालपोत कार्यालय, मासबार हुँदै मुख्यमन्त्री कार्यालयतर्फ छिर्ने मुखमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सोधपुछपछि मात्र मानिसहरूलाई छिर्न रोकिएको छ ।यी ठाउँमा अत्यावश्यकबाहेक सवारीसाधन जान रोक लगाइएको छ भने अदालती वा प्रशासनिक कामका लागि जानेहरूले पनि अनिवार्य काजगाज नदेखाई जान दिइएको छैन ।

बहस सकिएपछि इजलासले थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने आदेश गर्नेछ। लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। सरकारी वकिल र पीडित जाहेरवालाले उनलाई थुनामै राखी कारबाही अघि बढाउन माग गरेका छन्। लामिछानेसहित उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई अदालतमा अभियोगपत्रसाथ उपस्थित गराइएको छ।विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ।

उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ। अदालतबाहिर सोमबार र मंगलबार अनपेक्षित गतिविधि भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।  रविको बहस चलिरहँदा सोमबार रास्वपाका नेता कार्यकर्ता र वकिललाई जान दिइएको तर पीडितपक्षलाई जान खोज्नेलाई रोकिएको भन्दै सूयदर्शन सहकारीपीडित अदालतअगाडि बाटोमै लम्पसार परेर विरोध गरेका थिए । रास्वपाले पनि पोअरामा यस अगाठडी प्रदर्शन गरिरहेको थियो । रास्वपा समर्थ र सहकारी पिडितको बिचमा लफडा पर्न सक्ने भन्दै प्रहरीले पहिलै सुरक्षा सतर्कता अपनाएको छ । यतिबेला सबै जना आदेशको पर्खाईमा छन् । न्याधिस नितिज राईको ईजलासमा बसह भएको हो । सबैले यो मुद्धा नितीजका लागी अग्नीपरिक्षाका रुपमा हेरेका छन् ।