काठमाडौं। कैलालीको अत्तरियामा रहेको समता स्कुलको ९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
स्कुलकी प्रिन्सिपल रितु पाण्डे साहुको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका – १ का वडा अध्यक्ष गोपाल भट्ट रहेका थिए ।
कार्यक्रममा समता एजुकेसन फाउन्डेसन काठमाडौँका प्रमुख दीपक सन्जेल , चर्चित सञ्चारकर्मी चन्द्रमणी गौतम ,कार्यपालिका सदस्य उदय सार्की , काँग्रेस नेता ललित रोकाया, प्याब्सनका केन्द्रीय सदस्य यज्ञ हमाल ,होटेल व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष धना चोखाल, महिला तथा बालबालिका सेभ हाउसकी प्रमुख जानकी मलासी, ग्वासी विद्यालयका अध्यक्ष रमेश ताम्राकार , सञ्चारकर्मी गोबिन्द रोस्यारा, समता स्कुल सोलुखुम्बुका व्यवस्थापन अध्यक्ष दावा शेर्पा ,युबा ब्यबसायी श्रीराम कार्की लगायत विभिन्न विद्यालयका प्रमुख एवम् प्रतिनिधि र अन्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष एवम् नगर प्रवक्ता भट्टले समता विद्यालयले यस क्षेत्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान दिएको बताए । उनले शिक्षा सबैको अधिकार भएकाले यस्ता शैक्षिक संस्थाहरूले यहाँका बालबालिकाको पढ्न पाउने अधिकारलाई थप मजबुत बनाएको बताए ।
समता एजुकेसनका सन्जेल ले समता स्कुलको अरू कुनै स्वार्थ नभएर सबै खाले बालबालिकाले शिक्षा दिनु मात्रै रहेको बताए । उनले समता स्कुलले कुनै डोनेसन वा डलर नलिएर यहाँकै स्थानीय को सहयोगमा विद्यालय को संरचना बनाएको दाबी गरे।
विद्यालयले कैलालीको तेघरीमा आफ्नै भवन शिलान्यास गरेको छ । कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा विद्यार्थी को सङ्ख्यालाई मध्य नजर गर्दै नयाँ भवन निर्माण गर्नुपरेको विद्यालयकी प्रिन्सिपल पाण्डेले बताइन् । भाडामा जग्गा लिएर १२ कोठा निर्माण गरिने उनको भनाइ छ । समता स्कुल को शाखा देशभर रहेको छ । मासिक शुल्क रु एक सयमा विद्यालयमा पढाइ गरिने विद्यालय को दाबी छ ।
समता एजुकेसन फाउन्डेसन काठमाडौँद्वारा सञ्चालित कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं २ समता स्कुल अतरियाले विगत ९ वर्ष देखि कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।
२४ वर्ष अघि सबैका लागि शिक्षा भन्ने मुल नारा बाेकि उत्तम सन्जेलले सुरु गर्नु भएको समता स्कुल आज देशैभर बाट शिक्षा बाट वञ्चित नेपालीको पहिलो रोजाइ बनेको छ। यो समता अभियान हो।
देशैभर सञ्चालन भइरहेकाे समता अभियान बिचमा कोभिड महामारी लगायत आर्थिक मन्दीको असरका कारण त्यो अभियान अगाडी बढ्न सकेन । तर पनि आज देशका २६ ठाउँ भन्दा बढी ठाउँमा स्कुल सञ्चालन भइरहेकाे जानकारी देशैभर सञ्चालन भइरहेकाे समता अभियान बिचमा कोभिड महामारी लगायत आर्थिक मन्दीको असरका कारण त्यो अभियान अगाडी बढ्न सकेन । तर पनि आज देशका २६ ठाउँ भन्दा बढी ठाउँमा स्कुल सञ्चालन भइरहेकाे जानकारी सन्जेलले दिनुभयाे ।