Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकियो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ । दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेको थियो । आज लामिछानेको बयान सकिएको अदालत स्रोतले जानकारी दिएको छ । सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुको तर्फबाट बहस जारी छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा लामिछानेको दुई दिन देखि जारी बहस आज सकिएको हो । अब सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका चार  प्रतिवादीतर्फको बहस बाँकी छ।

जिल्ला अदालत कास्कीमा रवि विरूद्धसहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्धाको सोमबार बाट बहस भैरहेको छ । रविका तर्फबाट सोमबार बहस गरेका तीन जना वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमण श्रेष्ठ र सुरेन्द्र थापाले उनी विरूद्ध लगाइएको अभियोग नै अवैध भएको दाबी समेत गरेका थिए । रवि लामिछाने सहकारी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका थिए । लामिछानेको तर्फबाट सोमबार बहस गरेका वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठले पूरक अभियोग लगाउन जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयसित राय लिनुपर्ने भए पनि त्यसो नगरी राजनीतिक प्रतिशोध साधेर मुद्दा चलाएको भन्दै प्रश्न उठाएका सथिए ।  लामिछानेको तर्फबाट ५ जना वरिष्ठ अधिवक्त्ता र ६ जना अधिवक्त्ताहरुले बहस गरेका थिए। वरिष्ठ अधिवक्त्ताहरु डा. सुशिल पन्त,रमण श्रेष्ठ, डा.नारायण घिमिरे, सुरेन्द्र थापा,रोहित बास्तोला र हरि सुवेदीले रविमाथि प्रतिशोधपूर्ण तरिकाले राज्यले कानुनको विधि मिचेर मुद्दा दायर गरेको दाबी गरेका थिए ।

उनीहरुले रविलाई चाहेको बेला उपस्थित हुनेगरी साधारण तारेखमा छोड्नु पर्ने दाबी गरे। यस्तै अधिवक्त्ताहरु राजेन्द्र सेढाई, सुरज बस्नेत,डा नारायणदत्त कडेल,सुधिज्ञा पन्त, सञ्जय गोले र सुनिता राउतले बहस गरेका थिए ।  उनीहरुले रविमाथिको मुद्दा खारेज हुनुपर्ने माग गरे ।  अहिले सूर्यदर्शन सहकारीको रकम अपचलनमा पक्राउ परेकाहरुमाथि थुनछेक बहस जारी छ ।   कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी रवि लामिछानेसहित सात प्रतिवादीहरूको बहस जिल्ला अदालत कास्कीमा चलिरहेको हो ।  थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । सबैजना यहि आदेशको पखाईमा रहेका छन । थुनछेक बहसपछिको सम्भावित आदेशबारे पनि अनेक अड्कलबाजी भईरहेका छन् ।

धेरैले यो मुद्दालाई न्यायाधीश नितिज राईको अग्नि परीक्षाको रुपमा पनि लिएका छन् । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको  थियो । प्रतिबादीहरुको तर्फबाट  बहस सकिएपछि सरकारी वकिलले जबाफी बहस गर्नेछन् । त्यसपछि अदालतले प्रगतिवादीहरूका हकमा पुर्पक्ष, धरौटी वा साधारण तारेख मध्येको एक आदेश गर्नेछ ।