Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज हल्का वर्षा तथा हिमपातको सम्भावना,तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर

आज हल्का वर्षा तथा हिमपातको सम्भावना,तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन कष्टकर

काठमाडौँ । आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

आज पश्चिममाभन्दा पूर्वमा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधकारीले बताएका छन । आज कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिमका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तर कुनै बेला एउटा दिशामा हिँडिरहेको वायु अचानक अन्तै मोडिने तथा निष्क्रय हुने हुँदा पूर्वानुमानअनुसार वर्षा र हिमपात नहुने मौसमविद्ले बताउँदै आएका छन् ।

वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ । यस्तै तराईमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर बनेको छ । दिनभर घाम नलागेर चिसो बढेपछि ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन् ।