Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको थुनछेक बहस सुरु

रवि लामिछानेको थुनछेक बहस सुरु

 

काठमाडौँ । पोखरामा रहेको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार आज रास्वपा सभापति रवि लामिछानेको वकिलले बहस गर्ने भएका छन् । सहकारीको रकम अपचलनको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने २ महिना देखि प्रहरीको हिरासतमा रहेका छन ।

आज रवि लामिछानेको पक्षबाट पूर्व महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, डा. नारायण घिमिरे, नारायणदत्त कँडेल, हरि सुवेदी, रोहितराज बाँस्तोला,सोबिता गौतम लगायत एक दर्जन बढी वकिलहरुले बहस गर्ने भएका हुन् ।

रवि लामिछाने बिरुद्ध ३ ओटा मुद्धा चलाईएको छ । यसअघि सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले उक्त मुद्दामा बहस गरेका थिए । प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।