Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली,तराईरमधेसमा आज पनि हुस्सु र कुहिरो

उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली,तराईरमधेसमा आज पनि हुस्सु र कुहिरो

काठमाडौँ । उपत्यकासहित देशका केही ठाउँमा आज मौसम बदली भएको छ । तराईरमधेसमा आज पनि हुस्सु र कुहिरो लागेको छ । सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली तथा बाँकी भागमा मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार भोलि र पर्सि कतै–कतै हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि दिउँसोपछि गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली हुनसक्ने अनुमान छ । केही दिनयता तराईरमधेसमा बढ्दो चिसोसँगै जनजीवन कष्टकर बन्न थालेको छ ।

मध्य पुसदेखि चिसो स्याँठ चलेकाले तराईरमधेसका जिल्लामा विशेषगरी विपन्न परिवार समस्यामा परेका छन् । उनीहरुलाई जाडोबाट जोगिन न्यानो लुगा, दाउरा तथा अरू आवश्यक व्यवस्थापन सामग्रीको अभाव छ । मजदुर, बालबालिका, वृद्धवृद्धा र गर्भवती धेरै प्रभावित बनेका छन् । कतिपयले आगो बालेर तातो बनाउने प्रयास गरिरहेका छन् ।