Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सीआईबीले अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध

सीआईबीले अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध

काठमाडौँ । सीआईबीले विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

सीआईबीले सात बुँदामा सार्वजनिक अपिल जारी गर्दै केही दिनयता फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैङ्करवित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरूबाट फोन गरी वा म्यासेज गरी धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गरिएको पाइएको छ ।

सीआईबीले ईसेवा, खल्तीजस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटकपटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्नेहरूसँग सावधानी हुन अनुरोध गरेको छ ।

सावधानी नभए क्षणभरमा नै वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेटमा वा बैङ्क खातामा ट्रान्सफर हुने भनी सीआईबीले सजग पनि गराएको छ ।

यस्तै सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेज पठाउने र विभिन्न किसिमका एआइले बनाएको आवाजबाट कल गरी तपाईंको सामान आएको छ, तपाईंलाई फाइदा हुने खालको व्यापार छ भन्नेजस्ता लिङ्क पठाइ खोल्न लगाउने र लिङ्क खोल्नेबित्तिकै युजरनेम र पासवर्डमा पहुँच पुर्‍याएर पैसा रकमान्तर गर्ने गरेको भन्दै त्यसतर्फ पनि सावधानी हुन सिआईबीले अनुरोध गरेको छ ।

अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरू खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न बैङ्क खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्कविहीन हुने अवस्थासमेत रहेको प्रहरीले जनाएको छ ।

यस्तो कार्यमा अहिलेसम्म पाँच सयभन्दा बढी फोन नम्बर सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएका फोन तथा म्यासेज नउठाउन तथा उत्तर नदिन पनि सिआईबीले सबैमा अनुरोध गरेको छ ।

सीआईबीले हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरूको पाँच लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणको करोडौँ रकम ठगी भएको र यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।