Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सचिन परियारको आज अन्त्येष्टि गरियो,आँखा दान गर्ने तेजेन्द्रको इच्छा अपूरो

सचिन परियारको आज अन्त्येष्टि गरियो,आँखा दान गर्ने तेजेन्द्रको इच्छा अपूरो

काठमाडौँ । हिजो निधन भएका बालकलाकार सचिन परियारको आज अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उनको दाहसंस्कार गरिएको हो ।यता सचिनलाई पशुपति ल्याइएपछि उनका बाबु तेजेन्द्र परियारले उनको आँखा दान गर्न खोजेका थिए ।

आफ्नो छोराको आँखाले अरुले संसार हेरुन् भन्ने उनको चाहना पूरा भने भएन । सचिनको पूरै शरीरमा इन्फेक्सन फैलिएको र आँखा पनि स्वस्थ नरहेको निष्कर्ष पनि सो प्रक्रिया रोकिएको हो । आँखा दानको प्रक्रियाका लागि आएका स्वास्थ्यकर्मीले सचिनको रिपोर्ट हेरेपछि आँखा दान गर्न सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पु¥याइएको थियो । तर, आफन्तजनको पर्खाइमा २४ घन्टासम्म शवदाहगृहमा यत्तिकै राखियो ।

भर्खरै उनको दाहसंस्कार भएको बुझिएको छ । परिवारजन, आफन्तसहित सीमित व्यक्तिहरूको उपस्थितिमा दाहसंस्कार भएको हो । सचिनका परिवार ,आफन्त र कलाकारहरुको जमघटमा उनको अन्तिम बिदाई सहित अन्येष्टि गरिएको हो । उनलाई शबदाह गृहमा राख्दा उनको बुवा तेजेन्द्र र आमा बेहोस नै भएका थिए । सचिनको अन्येष्टिमा कलाकार शोभित बस्नेत ,बालचन्द्र बराल ,छत्र शाही लगाएतका कलाकारहरु पुगेका थिए । सचिनको हिजो नैै अन्येष्टि गर्ने तयारी भएपनि सचिनका केही आफन्त र घरपरिवारका सदस्य गाउँबाट आउन ढिलाई गर्दा आज मात्र उनको अन्येष्टि गरिएको हो ।  बालगायक सचिन परियारको हिजो बिहान उपचारको क्रममा निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान १० बजेर ४५ मिनेट जाँदा उनको निधन भएको थियो । उनी १३ वर्षका थिए ।

सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । बुवा तेजेन्द्र परियारले छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोप समेत लाग्दै आएको थियो । विभिन्न ब्यक्ति संग सहयोग गरेर तेजेन्द्रले उपचार गराईरहेका थिए उपचारका संलग्न चिकित्सकहरूका अनुसार सचिन परियारको मस्तिष्कमा पानी जम्ने समस्या थियो । त्यसका साथै उनलाई डाइबिटिज इन्सिपिडसको पनि समस्या थियो । डाइबिटिज इन्सिपिडसको समस्या भएका व्यक्तिको मिर्गौलाले अत्यधिक मात्रामा पिसाब बनाउने गर्छ । यो निकै दुर्लभ खालको समस्या हो ।

यस्तै करिब ६ महिनाअघि टिचिङमा भर्ना भएर उपचार गराउँदा मस्तिष्कमा जमेको पानीलाई कम गर्न शल्यक्रिया गरेर पाइप राखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार पछिल्लो समय भने उनी संक्रमणका कारण भर्ना भएका थिए । अस्पताल भर्ना गर्दा उनी ’सेप्टिक सक’मा थिए । त्यसको उपचार भइरहेकै समयमा उनको मृत्यु भएको हो ।