Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सशस्त्र प्रहरीमा नयाँ भर्ना,एक हजार भन्दा धेरै जनाका लागि अवसर

सशस्त्र प्रहरीमा नयाँ भर्ना,एक हजार भन्दा धेरै जनाका लागि अवसर

काठमाडौँ । सशस्त्र प्रहरीमा नयाँ भर्ना खुलेको छ । एक हजार भन्दा धेरै जनाका लागि नयाँ विज्ञापन खुलेको हो । सशस्त्र प्रहरी निरीक्षक ९इन्सपेक्टर० देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।

यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।

दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । सूचनामा लेखिएअनुसार दरखास्त फाराम भरेकाहरुको सम्पर्क मिति फागुन ६ गते तोकिएको छ । तर सम्पर्क राख्ने स्थान भने पदअनुसार फरक फरक छ ।

 

सशस्त्र प्रहरी निरीक्षकमा आवेदन दिएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा र सहायक निरीक्षकमा आवेदन दिएकाले दरखास्त फाराम दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा, जवानहरुले परीक्षा सन्चालन हुने सम्बन्धित कार्यालयहरुमा सम्पर्क राख्नुपर्ने छ ।

अरु पदकालाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख छ ।

भर्नाको सूचना