Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पनि भूकम्पको धक्का

आज पनि भूकम्पको धक्का

काठमाडौँ । मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । आज बिहान उक्त ठाउँमा केन्द्र बनाएर भूकम्प गएको हो ।

स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् ।