काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी थुनछेक बहस चल्दै गर्दा कास्की जिल्ला अदालतको इजलासमै रुवाबासी भएको छ ।
इजलासमा सरकारी वकिलले बहस गरिरहँदा प्रतिवादीमध्येका कृष्णबहादुर गुरुङले आफूले ’यहीँ मर्ने’ अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो । जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँसु झार्दै आफू निर्दाेष रहेको उनले बताएका थिए ।
उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताएका थिए । उनको अस्पचालमा उपचार भइरहेको छ । गुरुङको ’यहीँ मर्ने’ अभिव्यक्तिपछि पूर्व सांसद मिना गुरुङ लगायत रुन थलेका थिए भने बहसको माहोल एकाएक बिग्रन पुगेको थियो ।
जतिबेला न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले बहस सकेर शान्तिदेवी शर्माले बहस थालेकी थिइन् । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा बुबा कृष्णबहादुर र पूर्वसांसदसमेत रहेकी छोरी मीना गुरुङ कास्की प्रहरीको हिरासतमा छन् । ८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन्।