Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सूर्यदर्शन सहकारी प्रकरणको आजको थुनछेक बहस सकियो

सूर्यदर्शन सहकारी प्रकरणको आजको थुनछेक बहस सकियो

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने मुछिएको पोखराको सुर्य दर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रवि सहित ७ जनाको आजको थुनछेक बहस सकिएको छ । आज दिउँसो बाट जिल्ला अदालत कास्कीमा उनीहरुको बयान सुरु भएको हो ।

आज पहिलो दिन सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधीश सुजता पौडेल र शान्तीदेवी शर्माले बहस गरेका थिए । सुजताको बहस सकिएको र शान्तीदेविको बयान बाँकी रहेको सेस्तेदार राजन खनालले जानकारी दिएका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो । आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जना प्रतिवादीको बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा गत ८ गतेदेखि सुरु भएको बयान मंगलबार सकिएको थियो । लगत्तै उनीहरुको आजै थुनछेक बहस सुरु भएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।