Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बैतडी केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गयो

बैतडी केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गयो

आज बिहान बैतडी केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो ।

बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।