Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री केपी शर्मा ओलीद्घारा तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीद्घारा तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना दिएका छन् ।

आज गुरुङ समुदायको प्रमुख पर्व स्वदेश तथा विदेशमा धुमधामका साथ मनाइँदैछ । यस अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले भनेका छन्,‘तमु ल्होसार सम्झँदा शिरमा शिरबन्दी, शरीरमा मखमली चोली, घलेक, पटुकी,छिटको गुन्यु लगाएर मजेत्रो ओढेर घाटु, सोरठी र कौडा नाचेका गुरुङ महिला तथा भोटोमाथि भाङ्ग्रो लगाएर पटुकी र कछाड बाँधेर नाचेका पुरुषहरूको झल्झली सम्झना आउँछ ।’

प्रधानमन्त्री ओलीले नेपाल संस्कृतिमा धेरै धनी रहेको उल्लेख गर्दै भने, ‘संस्कृतिमा हामी नेपाली धेरै धनी छौँ ।’